www.tandavnews.com
Fact ~ In search of truth

स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना

काठमाडौँ।

आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ । काठमाडौँ महानगरपालिकाले फोहरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न लागेको हो ।

कामपाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगर्नेलाई रु ५०० जरिवाना गर्ने चेतावनी दिएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ ।

“यसअघि सबै किसिमको फोहर एउटै भाँडामा राख्ने शैली भएकाले नागरिकलाई बानी छैन त्यसैले अहिले देखिनै बानी पार्नका लागि कामपाले सम्झाएको हो”, प्रमुख राईले भने। कामपा, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमति भएको छ ।

३२ वडा रहेको कामपामा यसअघि पनि केही वडामा स्रोतमानै फोहरको वर्गीकरण गर्ने कार्यको सुरुवात भए पनि कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन सकेको थिएन ।

रासस

‐‐‐

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.