www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे : ज्ञान ज्योतिका फाउण्डरलाई यौन दुराचार र अप्राकृतिक मैथुनको आरोप

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योति बोर्डिङ स्कुलका फाउण्डरलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई फाउण्डर रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो ।

घटनाबारे विद्यार्थी र स्कुल प्रशासनबिच बिहिबार छलफल भएपनि विवाद नटुङ्गीएपछि आज शुक्रबार विद्यालय बन्द गर्न बाध्य भएको प्रिन्सिपल रोहीणी निरौलाले बताए । ‘म बिरामी भएका कारण केही दिन बिदामा छु, घटनाबारे खबर पाएँ,’ उनले भने,‘फाउण्डर शाहीलाई केही छात्रहरुले यौन दुराचारको आरोप लगाएका छन् । हिजो छलफल भयो तर विवाद नटुङ्गीएपछि आज विद्यालय बन्द गरिएको छ ।’

Batas

यस विषयमा फाउण्डर शाहीलाई ताण्डव न्यूजले सम्पर्क गर्दा सम्पर्क हुन सकेन । घटनाबारे स्थानीयहरुले जानकारी पाएपछि निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

वडा प्रहरी कार्यालय बगर प्रमुख इन्सपेक्टर महेश कुमार आचार्यले आरोपि शाहीलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको बताए । उनले भने,‘शाहीलाई बाल यौन दुराचार तथा अप्राकृतिक मैथुनको आरोपमा नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान जारी छ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.