www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा बजेटमाथिको छलफल सुरु नभएकोमा एमालेको आपत्ती

पोखरा।
गण्डकी प्रदेश सरकारले बजेट प्रस्तुत गरेको १० दिन भइसक्दा समेत सदनमा छलफल हुन सकेको छैन ।
प्रदेश निर्वाचन क्षेत्र केन्द्रित ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज गरिदिएपछि सांसदहरूबीच कुरा नमिल्दा बजेटमाथिकोे छलफल हुन नसकेको हो ।

गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम बजेटमा समावेश नगरिदिएपछि सांसदहरु उक्त कार्यक्रम सूचारु गराउनुपर्ने अडानमा छन् । जसका कारण संसदमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन ।
बजेट प्रस्तुत भएपछि लामो समयसम्म पनि संसदमा छलफल नभएको भन्दै प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

आज एमाले गण्डकीका प्रमुख सचेतक एवं सांसद मायानाथ अधिकारी, सांसद विकास लम्साल, एमाले कास्की अध्यक्ष एवं सांसद मनबहादुर गुरुङ सहितको टोलीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समक्ष बजेटको छलफलबारे प्रस्न उठाएका हुन् ।
असार १ मै प्रस्तुत बजेटमाथिको छलफल सदनमा अझै सुरु हुन सकेको छैन ।

Batas

यसअघि, सदनमा बजेटमाथि छलफलका लागि आवश्यक वार्षिक बजेट तथा योजना पुस्तिका (रातो किताब) २ दिनमा तयार गर्ने अर्थ मन्त्रालयले सरकारलाई जानकारी गराएको थियो । प्रदेशसभामा असार ५ देखि बजेटमाथि छलफल हुने कार्यसूची पनि तय गरिएको थियो ।

एमालेको ध्यानाकर्षण पछि मुख्यमन्त्री पोखरेलले यसबारे सरकारमा कुरकानी भैरहेको र छिटैने बजेटमाथिको छलफल थालिने जानकारी आफूँले पाएको बताए । यद्यपी कार्यक्रम हटाइएकोमा बाह्य क्षेत्रले भने सकारात्मक प्रतिक्रिया जनाइरहेका छन । अर्थमन्त्री बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए प्रदेश सरकारको पहिलो वर्ष पनि नसमेटेको उक्त कार्यक्रम सांसदहरूको तीव्र विरोधका कारण पछिल्ला ३ वटा बजेटमा समावेश गरिँदै आइएको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.