www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-धम्पुस ‘टिभिएस एओजी राइड’ सम्पन्न

आशिष पुरी
पोखरा, ताण्डव न्यूज ।

टू ह्वीलर्स कम्पनी टिभिएसले पोखरा-धम्पुस एओजी राइड सम्पन्न गरेको छ । ग्राहककालागी ‘एपाचे अनर्स ग्रुप (एओजी)’ समूह बनाएको कम्पनीले आवेदनमार्फत चयन भएका ३० जनालाई राइडमा समावेश गरेको थियो ।

शनिबार सम्पन्न दोस्रो संसकरणको एओजी राइडमा सहभागीहरु पोखराबाट धम्पुस हुदैँ सुइखेत रिसोर्टसम्म पुगेका थिए । १०० जनाको आवेदन परेकोमा ३० जना चयन भएपनि बाँकी ग्राहकलाई अन्य राइडहरुमा समावेश गरिने कम्पनीले जनाएको छ ।

Batas

एओजी राइड कार्यक्रम बागमती पछि गण्डकी प्रदेशमा सुरुवात गरिएको हो ।

अनुभवि मार्सलहरुको निगरानीमा आयोजित कार्यक्रममा सहभागीहरुलाई रोड सेफ्टीबारे विभिन्न प्रशिक्षणका साथै निशुल्क राइडिङ गियरहरु उपलब्ध गराएको थियो ।

सहभागी मध्येका रुपेश बस्नेतले रोमाञ्चक यात्राको अवसरका लागि टिभिएसलाई धन्यवाद दिए ।‘धम्पुस सम्मको राइड निकै रोमाञ्चक थियो । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरु भइराख्ने आशा छ,’ उनले भने ।

नेपालका लागि टिभिएस टू ह्वीलर्सको आधिकारीक वितरक जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेलले एपचे राइडर्सको समूहलाई थप विस्तार गर्दै लगिने जनाए । एओजीबाट अर्को यात्रा सञ्चालन गरिने उल्लेख गर्दै पौडेलले भने‘एओजी राइड निकै रमाइलो भयो । ग्राहकहरुलाई भेट्न पायौँ, अनुभव बुझ्न पायौँ । चाडैँ नै अर्को यात्रा सञ्चालन गर्ने छौँ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.