www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त ग¥यो : उपाध्यक्ष पौडेल

hima aus
रुपन्देही।
classic tech

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् ।

जननेता मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तिका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले मदन भण्डारीले विचारको भण्डार सुम्पिएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट आन्दोलनले यति उचाइ प्राप्त गर्न नसक्ने उल्लेख गरे।

पाँचाैँ महाधिवेशनमा पार्टीको नीति र सिद्धान्त कस्तो हुने भन्ने विषयमा व्यापक छलफल पश्चात मतदानमार्फत जनताको बहुदलीय जनवाद पारित भएको स्मरण गर्दै उनले जबजको धेरै ठूलो अर्थ भएको चर्चा गरे। “हामी अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छौँ । अभिव्यक्ति स्वतन्त्रताले गल्ती गर्नबाट जोगाउँछ”, उनले भने। जनताको अनुमोदनमा मात्रै पार्टी शासन सत्तामा रहन सक्छ भन्ने कुरामा स्पष्ट रहँदै आवधिक निर्वाचनमा जाने मान्यतालाई जबजले आत्मसात गरेको बताए।

नेपालको श्रमजीवी वर्गले विभिन्न चुनौतीको सामना गर्ने क्रममा नयाँ खोजीको आवश्यकता महसुस गरी वर्ग सङ्घर्ष र व्यवहारिक प्रयोगका सन्दर्भमा यो मार्गदर्शन आएको उनको भनाइ छ । कायक्रममा एमालेको लुम्बिनी प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेले जनताको बहुदलीय जनवादका १४ बुँदामा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाजसहित मानव अधिकार अभिव्यक्ति स्वतन्त्रताको विषयलाई जोड दिइएको बताए।

लेखक ऋषि आजादले पार्टीमा चित्त नबुझेका कुरा निर्धक्क राख्न पाउनुपर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै बोेल्न नदिँदा पार्टी बिग्रने भएकाले यसमा नेतृत्व सचेत हुनुपर्ने धारणा राखे । कार्यकममा बुद्धिजीवी लीलाबल्लभ ढकाल, आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले जबजलाई टेकेर एमालेले नीति कार्यक्रम निर्माण गर्ने गरेको बताए।

कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्षद्वय बिपी गौतम, भगवती पाण्डे लगायतले जनताको बहुदलीय जनवादमा अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिइएको चर्चा गरे ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...