www.tandavnews.com
Fact ~ In search of truth

भूकम्प प्रभावित पुनरावेदकको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद

सिन्धुपाल्चोक।

भूकम्प प्रभावित पुनरावेदकको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सरकारले पीडितको समस्या तत्काल समस्या समाधान गर्न सक्नुपर्ने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिको आयोजनामा भएको कार्यक्रममा पुनरावेदन समितिका अध्यक्ष बालेन्द्र रुपाखेतीले वास्तविक पीडित पहिचान गरी नाम उपलब्ध गराउन आग्रह गर्दै सकेसम्म पीडितलाई राहत उपलब्ध गराउन समितिले काम गर्ने बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले वास्तविक पीडित अझै पनि लाभग्राही कायम नभएको उल्लेख गर्दै उनीहरूलाई लाभग्राही कायम गरी सरकारले दिने रकम उपलब्ध गराउन माग गरे । कार्यक्रममा वडाध्यक्षहरूले पहिलो किस्ता बुझेर अहिलेसम्म घर नबनाउने, घर बनाइसकेपछि सम्पन्नताको फाइल बुझाउनेको फाइल गायब बनाउनेलाई कारबाहीको मागसमेत गरे ।

कार्यक्रममा समितिका सदस्य भीष्मराज कडरियाले वास्तविक पीडित पहिचान गरी रिपोर्ट पठाउन आग्रह गरे । वडा र पालिकाले सिफारिस गरेको आधारमा वास्तविक पीडितले राहत पाउनुपर्ने कडरियाले बताए । समितिका सदस्य सचिव गोपीकृष्ण रेग्मीले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.