www.tandavnews.com
Fact ~ In search of truth

प्रथम बिपि स्मृति फुटबल प्रतिनियोगिता सम्पन्न

नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समितिको आयोजनामा भएको प्रथम बिपि स्मृति फुटबल प्रतिनियोगिता शुक्रवार सम्पन्न भएको छ ।

पुर्ब कानुन मन्त्री यज्ञ बहादुर थापा प्रमुख अथितीको रहेकाे कार्यक्रममा , बिशिस्ट अतिथिको रुपमा पोखरा बिश्वबिद्धालयका उपकुलपति डा. प्रेम नारायण अर्याल , नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त्त बराल , कास्की क्षेत्र न. १ का सभापति राजेन्द्र मणि लामिछाने , पोखरा (३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी , कास्की कांग्रेसका सहसचिव शंकर ढुंगाना , माछापुच्छ्रे गाउपालिकाकि उपाध्यक्ष सीता अधिकारी , पोखरा बिश्वबिद्धालयका रजिस्ट्रार , कन्ट्रोलर , चार ओटै सन्कायका डिन र डिरेक्टर रहेका थिए ।

मदन साउद सयोजक रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य नेबि संघ पोखरा बिश्वबिद्धालयका उपसभापति अशिम सुबेदीले राखेका थिए । कार्यक्रमको बारेमा थप चर्चा आयोजक कमिटीको तर्फबाट हेमन्त खड्काले राखेका थिए ।

Batas

खेल , मनोरञ्जन र सिकाइ तीन ओटै कुरालाई मिलाएर अघि बढ्न हरेक बक्ता हरुले विद्यार्थीहरु सुझाव र शुभकामना दिएका थिए । कार्यक्रमको अथितीको रुपमा कास्की (१ प्रदेश (१ का कांग्रेस सहसचिव सुबास भण्डारी , त्रिचन्द्र क्याम्पसका नेबि संघ सभापति शान्ता बास्ताकोटी , ने बि संघ नेता पशुपति भट्टराई , नेबि संघ कास्की निबर्तमान अध्यक्ष बिकास थापा , तरुण नेता प्रकाश पुन , नेबि संघ नेताहरु प्रताप बानिया ,राजिब बास्तोला , निर्दोष बिक्रम पौडेल , बिजय घिमिरे , पृथ्वीनारायण क्याम्पस सभापति गौरव बराल , पोखरा महानगर नेका सहसचिव सन्जय आले, पियु नेबि संघ पुर्ब सभापति फिरोज सुवेदी , राजेन्द्र बराल लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको कुरा कार्यक्रमका सन्चालक रमेश चन्द्र जोशीले जानकारी दिए।

कार्यक्रममा रेफ्री र फिजिओहरुको पनि महत्वपूर्ण भुमिका रहेको  नेता जोशीले बताए । प्रथम बिपि स्मृति कप फुटबल प्रतियोगिताको प्रथम छात्र तर्फ टिम स्वइ चैाथाे वर्ष सिबिल एण्ड रुरल भएको छ भने दित्तिय स्वब चाैथाे वर्ष भएको छ । प्रथम र दित्तिय हुने टिमले क्रमश रु ३०००० मेडल ट्रफी र प्रमाणपत्र , १८००० मेडल र प्रमाणपत्र पाएका छन ।

यसै गरि छात्रा तर्फ टिम स्वइ चाैथाे वर्ष (अारसिजे) ले प्रथम र सवब तेस्राे वर्ष दित्तिय भएको छ दुबै टोलिले क्रमस रु १०००० मेडल ट्रफी , प्रमाणपत्र र क्यानोयिङ साथै दितिय टोलिले ८००० मेडल र प्रमाणपत्र पाएका छन । शुक्रबार नै अथितीहरु हातबाट प्रमाणपत्र प्रदान गरिएकाे छ ।

आगामी बर्समा पनि यो कप निरन्तर चल्ने सभापति दीपेन्द्र गौतमले उद्घोष गरेका छन । कार्यक्रम सन्चालन गर्न निक्कै महत्वपूर्ण भुमिका निर्बाह गर्ने विद्यार्थी , स्थानिय नेता गण र आयोजक परिवार प्रती कृतज्ञ भएको कार्यक्रमका सयोजक मदन साउद , डिफन भुजेल र हेमन्त खड्का लगायतको प्रतिक्रिया थियो ।

हजारौं विद्यार्थीहरुको सहभागीता भएको उप्त कार्यक्रमबाट विद्यार्थी नेबि संघ प्रती धेरै आस्था र बिश्वास राख्ने प्रमाणित भएको र केही संगठन भित्रका दुई तीन जनाको लागि मात्रै हजारै जना संगठित भएको ने बि संघ पियुले ती दुई तीन जनालाई ब्यवस्था नगर्ने उद्घोष समेत गरेका छन । लगभग ५ लाखको हाराहारीमा खर्छ भएको आयोजकहरुको भनाइ रहेको छ र छिट्टै खर्च विवरण सार्बजनिक गर्ने आयोजकको तयारी छ।

बिश्वबिद्धालय भित्रका विभिन्न कक्षाका छात्रा तर्फ १२ वटा र छात्र तर्फ २४ वटा टिमले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको उद्घाटन नेबि संघ निबर्तमान महामन्त्री दीपक भट्टराईको प्रमुख आथित्वमा भएको थियो ।

कार्यक्रमको सभा अध्यक्ष नेबि संघ पोखरा बिश्वबिद्धालयका सभापति दिपेन्द्र गौतमले गरेका थिए भने कार्यक्रमको सन्चालन ने बि संघ पोखरा बिश्वबिद्धालयका सचीव रमेश चन्द्र जोशी ले गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.