www.tandavnews.com
Fact ~ In search of truth

वैदेशिक अध्ययनका लागि परामर्शको खोजिमा हुनुहुन्छ ? शुक्रबार-शनिबार सभागृह पुग्नुहोस्

पोखरा
ताण्डव न्यूज ।

बैदेशिक शिक्षाका लागि दैनिक हजारौँ संख्यामा नेपालीहरु बाहिरिने गर्छन् । उचित परामर्शको अभावमा कतिपय विद्यार्थीहरु समस्यामा परेका घटनाहरु नौला होइनन् ।

आफू जाँदै गरेको देश, त्यहाँको शिक्षा नीति, रोजगार लगायतका विषयमा जानकार हुनु अपरिहार्य छ । यिनै कुरामा ध्यान नपुर्याउँदा विद्यार्थीहरुले समस्या झेल्ने गरेका छन् ।

Batas

यस्तै समस्याहरुलाई सम्बोधन गर्न नेपाल शैक्षिक परामर्श संघ(इक्यान) कास्कीले यहि असार २४ र २५ गते पोखराको सभागृहमा ‘इक्यान कास्की एजुकेसनल फ्येअर २०७९’ आयोजना गरेको छ । शैक्षिक मेलाको यो ७औँ संस्करण हो ।

शैक्षिक मेलामा विभिन्न देशका विश्वविद्यालयहरुमा प्र्राप्त हुने छात्रवृत्ति सहुलियत, भर्ना प्रक्रिया, भिसा नीति, अवसर र चुनौती लगायत विद्यार्थीलाई आवश्यक जानकारी दिइने आयोजकले जनाएको छ ।

मेलामा शैक्षिक परामर्श ब्यवसायिहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, अस्टे«लिया, न्युजिल्याड, आयरल्याड, जापन, नर्वे, फिनल्याड, जर्मनी, डेन्मार्क, फ्रान्स, दक्षिण कोरिया, भारत लगायतका देशका विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागि रहने छ ।

४० स्टल मार्फत सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुले सहभागीहरुलाई परामर्श दिने छन् ।

७औँ संस्करणको शैक्षिक मेलाका संयोजक एवं इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले यस मेला अभिभावक र विद्यार्थीका लागि महत्वपूर्ण अवसर रहेको बताए ।

आज(मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वैदेशिक अध्ययन सम्बन्धमा अद्यावधिक एवं आधिकारिक जानकारीका लागि मेलामा सहभागि हुन उनले आग्रह समेत गरे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.