www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौँमा थप दुई जनामा हैजा

काठमाडौँ।

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।

ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उहाँका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उहाँले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ ।

खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ । यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.