www.tandavnews.com
Fact ~ In search of truth

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

काठमाडौँ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.