www.tandavnews.com
Fact ~ In search of truth

असिनाको असर : घट्दो आलु उत्पादन

बलेवा।

काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती ।

आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ । माटो, सिँचाइ र हावापानीले साथ दिएको भए पनि पछिल्लो समय यहाँका किसान दैवीप्रकोपबाट आजित भएका छन् । बर्सेनि असिना र तुसारोका कारण बालीमा हुने क्षतिले यहाँका किसानलाई सताएको हो ।

धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उहाँको भण्डार गृह आलुले भरिएको हुन्थ्यो तर, चैत वैशाखमा वर्षासँगै आएको असिनाले उनको बालीमा ठुलो क्षति ग¥यो । केही वर्ष पहिलेसम्म उहाँको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे । यो वर्ष एक झालमा दुईतीन दाना मात्रै उनले फसल लिन पाए।

“दुई वर्षअघि असिनाले खायो आलु भएन, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो”, छन्त्यालले भने, “अहिले त ठूलो खात लागेर असिना पार्यो आलु फलेन ।” तुसारो र असिनाका कारण आलुमा देखिने रोगको सङ्क्रमणका कारण उत्पादन कम हुँदा यहाँका किसानलाई गुजारा चलाउनै कठिन हुने गरेको छ । धम्जामा व्यवसायीक रुपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मनबहादुर थापाजस्ता कयौँ किसानको लाखौँको आलुबाली नष्ट भएको तथ्याङ्क वडा कार्यालयसँग छ ।

धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफूल तरकारीमा ठूलो क्षति पु¥याउने गरेको छ । यस वर्ष मात्रै झण्डै रु ३० लाख मूल्य बराबरको आलु बालीमा क्षति भएको तथ्याङ्क वडा कार्यालयसित छ ।

“हामी असिनाको रोकथामका लागि आलु बालीमा जाली लगाउने की भन्ने योजानमा छौँ”, वडाध्यक्ष तुलबहादुर विकले भने, “असिना र तुसारोबाट जोगाउने उपायको खोजीमा र्छौं ।”

वडाले पीडित किसानका लागि राहत उपलब्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन क्षतिको विवरण तयार गर्ने काम गरिरहेको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.