www.tandavnews.com
Fact ~ In search of truth

बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरा।

बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

मतदानका क्रममा वडानं ९स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ । झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् । गठबन्धनका तर्फवाट उम्मेदवार बनेका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते भएका छन् ।

मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राससलाई जानकारी दिए। “केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’’ उनले भने, “करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदान सुरु भएको छ ।”

गत ३० वैशाखमा स्थगित मतदान आज बिहान ७ बजेदेखि पुनः प्रारम्भ गरिएको हो । यहाँ नगरप्रमुखको पदमा नेपाली कांग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बाँनिया उम्मेदवार छन् । यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

यसअघिको मतदानका क्रममा दशमध्ये छ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । निर्धारित समयमा मतदान हुन नसक्दा उक्त नगरपालिका जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.