www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो : अध्यक्ष नेपाल

कैलाली ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भने । अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताए ।

Batas

“यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ”, अध्यक्ष नेपालले भने, “ पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ ।”

फरक प्रसङ्गमा उनले आउँदो निर्वाचनअघि माओवादीलगायत कुनै पनि पार्टीसँग एकता नहुने बताए ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.