www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-३३: कानुनको धज्जी उडाउदै सञ्चालित अवैध क्रसर अझै रोकिएन

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेको शिवक्ति रोडा ढुङ्गा उद्योग नामको ‘अवैध’ क्रसर अझै बन्द भएको छैन । शक्ति र पैसाको आडमा कानुनको धज्जी उडाउँदै क्रसर सञ्चालन हुँदा पनि सम्बन्धित निकायहरु मौन छन् ।

विसं २०६४ साल मंसिर ४ गते भेषराज पौडेल र भरत रायमाझीको नाममा दर्ता भएको क्रसर २०६७ माघ ६ गते रायमाझीले एकल रुपमा ल्याएका थिए । ०६७ सालमा नामसारी भएको क्रसर केही वर्ष सञ्चालनमा आएर ०७३-०७४मा बन्द भयो ।

Batas

बन्द भएको क्रसर अहिले आएर ०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको बेला चलखेल गरेर अवैध रुपमा सञ्चालनमा आएको हो ।

यस विषयमा वडा, महानगरपालिका र जिल्ला समन्वय समिति लगायतका तालुक निकायहरुलाई सबै जानकारी हुँदा समेत बन्द गर्न नसक्दा प्रश्न चिन्ह खडा भएको छ ।

सामान्यतयाः क्रसर सञ्चालन गर्दा कम्पनी ऐन अनुसार सबै निकायमा दर्ता हुनुपर्ने साथै स्थानीय तहले जनप्रतिनिधिको रोहवरमा मुचुल्का गर्नुपर्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने, वातावरण प्रभाव मुल्यांकन अध्ययन हुनुपर्ने र स्थानीय निकायको सिफारिष हुनुपर्ने व्यवस्था छ । तर, कम्पनीको कागजात बाहेक कुनैपनि कागजात यस क्रसरले पेश गर्न नसकेको पोखरा ३३ वडा कार्यालयले जानकारी दियो ।

वडाध्यक्ष रामचन्द्र अधिकारीका अन’सार स्थानीय तहबाट सिफारिष दिइएको छैन । ‘त्यतिमात्र होइन उहाँहरुले ब’झाएको कम्पनी सम्बन्धि कागजात पनि स्पष्ट छैन,’उनले भने,‘यसरी क्रसर सञ्चालन गर्नै पाइदैँन । यस विषयमा मैले कार्यपालिकाको बैठकमा पनि क’रा उठाएको छ’ ।’

अवैध रुपमा क्रसर सञ्चालन भएपनि वडाले केही गर्न नसक्ने वडाध्यक्षको आशय थियो ।

सम्बन्धित न्यूज

पोखरा-३३ : मापदण्ड विपरीत क्रसर सञ्चालन

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.