www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकल दुर्घटनामा मृत्यु

रुपन्देही।

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

प्रमुख केसीका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो । बिहान ५ः १० बजेको समयमा दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.