www.tandavnews.com
Fact ~ In search of truth

ड्युटीमा नजाने चिकित्सकलाई कारबाही

चितवन।

भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ ।

गत आइतबार बिहान रासस बुलेटिनमा “भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा।” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो । उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए।

विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए ।

तत्कालै समाचार प्रकाशित भएपछि प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारबाही गरिने बताएका थिए । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ ६०० शय्या छन् ।

चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा नितका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.