www.tandavnews.com
Fact ~ In search of truth

उपसभामुखमा एमालेको उम्मेदवार भट्टराई

काठमाडौँ।

नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन्।

यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक छिन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.