www.tandavnews.com
Fact ~ In search of truth

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ।

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिण क्षेत्र अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताए ।

गत वर्षमाभन्दा यस वर्ष काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको छ । उनका अनुसार मङ्गलबारदेखि उक्त रेखामाथि अर्थात् नेपालतिर सर्ने भएकाले विस्तारै पानी पर्नेक्रम सुरु भई गर्मी कम हुने अवस्था रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनका साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.