www.tandavnews.com
Fact ~ In search of truth

जनार्दन शर्मासँग संसदीय छानबिन समितिले लियो बयान

काठमाडौं।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले बयान लिएको छ ।
आज (बिहीबार) सिंहदरबारमा लिइएको बयानकाक्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरेका छन्।

शर्माले नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बयान समिति समक्ष दिएका हुन ।

Batas

शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई बयानका लागि आज समितिमा बोलाएको थियो । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति गठन गरिएको थियो भने तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए।

शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.