www.tandavnews.com
Fact ~ In search of truth

व्याज र प्रतिफल योगदानकर्ताको खातामा

काठमाडाैँ।

सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७/७८ को योगदान रकमबाट प्राप्त व्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ ।

कोष सञ्चालक समितिको बैठकले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताको अघिल्लो आवको योगदान रकमको छ दशमलव७५ प्रतिशत व्याज र थप एक प्रतिशत प्रतिफल थप गर्ने निर्णय गरेको थियो ।

Batas

कोषले कोरोना महामारीको समयमा सरकारका तर्फबाट योगदानकर्ताको खातामा जम्मा गर्नुपर्ने योगदान रकमको बाँकी अंशसमेत जम्मा गरिदिएको छ । योगदानकर्ताको खातमा बाँकी १६ प्रतिशत रकम जम्मा गरिएको कोषका निर्देशक कृष्ण अधिकारीले जानकारी दिए।

सरकारले कोभिडबाट सताइएका योगदानकर्ता र रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने २०७८ वैशाख र जेठ महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो । दुई महिनाको योगदान रकमको ८४ प्रतिशत रकम यसअघि नै कोषले योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो ।

रासस
––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.