www.tandavnews.com
Fact ~ In search of truth

एक वर्षमा छ हजारले लिए राहदानी

हेटौँडा।
मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।
रासस
––––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.