www.tandavnews.com
Fact ~ In search of truth

जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : वरिष्ठ नेता पौडेल

तनहुँ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन्। व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे।

“म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” नेता पौडेलले भने । व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए।

कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए। पर्यटकीय प्रवद्र्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवद्र्धनमा जोड दिन आवश्यक रहेको उनले बताए ।

विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.