www.tandavnews.com
Fact ~ In search of truth

सेवाग्राहीलाई सेवासँगै निशुल्क स्वास्थ्य जाँच, फ्रि सेनिटरी प्याड

पोखरा। 
पाेखरा महानगरपालिका वडा नम्वर १३मा सेवाग्राहीलाइ सेवासँगै निशुल्क स्वास्थ्य जाँचकाे ब्यवस्था गरिएकाे छ ।   जनताका आधारभूत र प्रशासनिक कामसगै पोखराका १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा स्वास्थ्य सँग सम्बन्धित सेवालाई समेत सँगसँगै अगाडि बढाएका छन ।

“सेवाग्राहीकै सेवाको लागि हामी बसेका छौँ, तर सेवा लिन आउँदा अन्य सास्ती नहोस, उनीहरुको कामसँगै आइपर्ने समस्या र स्वास्थ्य जाँचलाई पनि अगाडि बढाएका छौँ ” उनले भने ।

पोखरा १३ ले नै पहिलोपटक तालिका नै बनाएर सेवाग्राहीलाई निशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।
बरालका अनुसार फास्टिङ ब्लड सुगर  प्रत्येक हप्ताको बुधबार ८ बजे जाँच हुनेछ भने, एएद्यक् खाना खाएको दुई घण्टापछि १० देखि ५ बजेसम्म जाँच हुनेछ ।

Batas

¥यान्डम ब्लड सुगर (च्द्यक्) चाहिँ हरेक दिन १० देखि ५ बजेसम्म जाँच हुनेछ । “वडामा आउने सेवाग्राहीले सेवासँगै स्वास्थ्य परिक्षण पनि गराएर फर्किने व्यवस्था गरेका छौँ ” उनले भने ।

ब्लड सुगर बाहेक वडाले हेमोग्लोबिन, ब्लड ग्रुप, युरिक एसिड, HCV, VDRL, युरिन लगायतका परिक्षण हुन्छन । “यही श्रावण १ गतेदेखि निशुल्क स्वास्थ्य परिक्षण गर्न लागिएको हो ” बरालले बताए ।

यसबाहेक वडामा आउने सेवाग्राहीलाई निशुल्क सेनिटरी प्याडको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.