www.tandavnews.com
Fact ~ In search of truth

सङ्क्रमणबाट एकको निधन, पाँच सय ६४ सङ्क्रमित

काठमाडौँ।

कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज पाँच सय ६४ मा सङ्क्रमण देखिएको बताए।

उनका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ दुई सय अठार मा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय २९ रहेको छ ।

विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यस्तै सङ्क्रमणबाट एक जनाको निधन भएको छ ।

अहिलेसम्म होम आइसोलेसनमा तीन हजार सात सय ९४, संस्थागत आइसोलेसनमा एक सय ३५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा एक लाख एक हजार छ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.