www.tandavnews.com
Fact ~ In search of truth

एसईईको नतिजा प्रकाशित

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको आज अपराह्न बसेको बैठकको निर्णयअनुसार ​​​​​​​गत वैशाखमा सञ्चालन भएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

Batas

सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउने ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका ४ लाख ९५ हजार ७५१ जना परीक्षार्थी सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

त्यस्तै, विभिन्न वेबसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ।

नतिजा हेर्नका लागि www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेबसाइटमा जान सकिने बोर्डले जनाएको छ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.