www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धनको विकल्प खोजिदैनः अध्यक्ष दाहाल

काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हुन्।

उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका थिए। विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा (एमाले)सँग गठबन्धन हुने ‘च्याप्टर क्जोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने, “हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनाैँ, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।” बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

Batas

बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवद्र्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताएका थिए। नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.