www.tandavnews.com
Fact ~ In search of truth

पशुपति शर्मा, ढाकाराम पौडेल र दिक्षा सुनारको ‘जाली रुमालै’ बजारमा

पोखरा।
तीज आउन डेढ महिना बाँकी रहँदा बजारमा थुप्रै गीतहरु आइसेका छन् । यसैवीच बर्षा दोहोरीको प्रस्तुतिमा तीज कोसेली ‘जाली रुमालै’ सार्वजनिक भएको छ ।

लोकप्रिय गायक पशुपति शर्मा, ढाकाराम पौडेल र गायिका दिक्षा सुनारको आवाज रहेको छ । गीतमा गायक एवम् सर्जक ढाकाराम पौडेलको शब्द लय रहेको छ । मौलिक शब्दहरुमा माया प्रेमको बिषयवस्तु दर्शाइएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

प्रकाश भट्टको निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा विजय पुन र अस्मिता रणपालले कम्मर मर्काएका छन् । राजेश घिमिरेले खिचेको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् । गीतलाई वर्षा दोहोरीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.