www.tandavnews.com
Fact ~ In search of truth

५७७ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुईको मृत्यु

काठमाडौँ।

देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म नौ लाख ८५ हजार ८०८ पुगेको छ ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४२ हजार ३६३ रहेको छ । पछिल्लो समय थप २६९ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी पछिल्लो समय २८ हजार २५६ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३५६ रहेको छ ।

जसमध्ये होमआइसोलेशनमा चार हजार २०३, संस्थागत आइसोलेशनमा १५३, आइसीयूमा ३४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.