www.tandavnews.com
Fact ~ In search of truth

प्रभावकारी काम गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिए।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न ३३ विभागका प्रमुख, उपप्रमुख र सचिवहरु सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.