www.tandavnews.com
Fact ~ In search of truth

आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने मुडमा महावीर पुन

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै पुनले लेखेका छन् ,‘आगामी गा.पा चुनावमा अन्नपुर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा उठ्नुपर्ला जस्तो देखिँदैछ र आवश्यक परे उठिन्छ पनि ।’

Batas

एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’द्धारा सम्मानित पुनको उक्त पोष्टमा सकरात्मक प्रतिक्रियाहरु आइरहेका छन् । केहीले उनलाई प्रतिनिधि सभा सदस्यमा उठ्नका लागि सुझाव प्रस्तुत गरेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.