www.tandavnews.com
Fact ~ In search of truth

दोहोरीगीत प्रतियोगीताको उपाधि नगरकोट दोहोरी साँझलाई

पोखरा।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौंले जितेको छ । पोखरामा साउन १२ गते देखि ५ दिनसम्म चलेको दोहोरी गीत प्रतियोगितामा दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गर्दै नगरकोटले उपाधि चुमेको हो ।

प्रतियोगितामा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दुवै टिमले बराबर अंक प्राप्त गरेपछि तृतीय बनेका हुन् । प्रतियोगीताको विजेता समूहले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यसैगरी उपविजेतासमूहले ४ लाख, तृतीय हुन सफल दुईसमूहले डेढ–डेढ लाख नगद पुरस्कार प्राप्त गरे ।

Batas

लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसर आयोजित प्रतियोगितामा उत्कृष्ट गायक दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र ऊत्कृष्ट गायिका पनि प्रतिष्ठान गण्डकीकी सीता परियार घोषित भइन् ।

यसैगरी अनुशासित टिम धौलागिरी दोहोरो साँझ ओसाका जापान बन्न सफल भयो । नव प्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझकी शान्ती कार्कीले प्राप्त गरिन् । उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

नव प्रतिभा पोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रूपैया प्रदान गरियो । प्रतियोगीतामा सहभागीता जनाउन देशभरबाट कुल ४८ टिमले नाम दर्ता गराएका थिए । यसरी नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगीतामा भाग लिएका थिए । प्रतियोगिता अपेक्षा गरेभन्दा भव्य भएको कल्याण शेरचन स्मृति प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले बताए ।

प्रतियोगीतामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले लिएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगीताको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको थियोे ।

२००३ साल श्रावण १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो । दोहोरी प्रतियोगिताको अलावा इन्द्रेणी साँस्कृतिक साँझको प्रस्तुति समेत रहेको थियो ।

प्रतियोगिताको उदघाटन कार्यक्रममा स्वर्गीय योगेन्द्रबहादुर बस्नेतलाई मरण प्रान्त सम्मान र गीत संगीततर्फ वरिष्ठ कलाकार नारायण रायमाझी गरि दुई जनालाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.