www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा सवारी जरिवाना आजदेखि

पोखरा।
गण्डकी प्रदेशमा नौ दिनसम्म नलिइएको सवारीको जरिवाना शुल्क बुधबारदेखि सुचारु हुने भएको छ ।

चर्को आलोचनापछि गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना घटाएको थियो । साउन ११ गते मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर जरिवाना शुल्क घटाएको हो । उक्त निर्णय मंगलबार प्रदेश राजपत्रमा प्रकाशन भएको छ । सरकारले गत वर्षभन्दा १२ प्रतिशत जरिवाना घटाएर २० प्रतिशतमा झारेको हो ।

भौतिक पूर्वाधार, सहरी तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले साउन ८ गते तत्कालका लागि बक्यौता करको जरिवाना नलिन र ऐनलाई संशोधन गर्ने भनेपछि ९ दिनसम्म कार्यालयहरूले बक्यौता करबापतको जरिवाना लिइएको थिएन ।

Batas

स्थगन भएको जरिवाना असुली बुधबारदेखि संशोधनसहित सुचारु हुने भएको छ । कार्यालयले मंगलबार सूचना निकालेर बुधबारदेखि बक्यौता जरिवाना तिर्न सेवाग्राहीलाई आह्वान गरेको छ ।

साउन ११ गते मन्त्रिपरिषद्को बैठक बसेर सवारी तथा यातायात ऐनकै बाधा अड्काउ फुकाउ दफाको प्रयोगमार्फत ऐनको व्याख्यात्मक संशोधन गरेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.