www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका यातायात व्यवसायी आन्दोलित, सवारी कर घटाउनु पर्ने माग

पाेखरा।
गण्डकी प्रदेश सरकारले सवारी करमा वृद्धि गरेको भन्दै गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायी आन्दोलित बनेका छन् ।

जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैरजिम्मेवार भई कर बढाएर असुल्न लागिपरेकाले आन्दोलनको घोषणा गर्नुपरेको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ। “केही दिन अगाडी प्रदेश सरकार समक्ष हामीले ज्ञापन पत्र मार्फत हाम्रा मागहरु अवगत गराईसकेको र उक्त माग प्रति प्रदेश सरकार संवेदनशील नभैदिदा बाध्य भएर हाम्रा सार्वजनिक सवारी साधनहरु साउन २२ गतेदेखि घर ग्यारेजमा खडा गरी आन्दोलन गर्न बाध्य भएको कुरा आम नागरिक समक्ष अवगत गराउन चाहान्छैँ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउनदेखि प्रदेशभरका सार्वजनिक गाडी घर-ग्यारेजमै थन्काउने घोषणा गरेको छ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.