www.tandavnews.com
Fact ~ In search of truth

तालाबन्दीपछि दैनिक काम प्रभावित

वीरगञ्ज।
बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको भन्दै नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालयको नियमित कार्य प्रभावित हुँदै आएको छ । मन्त्रालयले २०७९ साउन ११ गते सचिवस्तरको निर्णयलाई उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिलाल पुरीको सरुवा गरेको भए पनि मन्त्रालयले पुनः २०७९ साउन १५ गते उक्त निर्णय उल्टयाउँदै पुनः पुराना सुमनकुमार कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा बहाली गरेसँगै विवादले चरम रूप लिएको छ ।

Batas

पुराना प्रमुख प्रशासकीय अधिकृत कार्कीले कार्यालयको कार्यसम्पादन गर्दा नगरसभाका पदाधिकारीसँग समन्वय नगरी काम गर्दै आएकाले उनलाई कार्यालयमा पुनः हाजिर नगराउने अडानका साथ नगरप्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गरेका छन्।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई यही साउन १३ गते कार्यालयमा हाजिर भएका पुरीको स्थानमा पुनः कार्कीलाई मन्त्रालयले बहाली गरेपछि समस्या सिर्जना भएको हो । पुनः सरुवा थमौती भएका कार्की सो नगरपालिकामा विगत करिब दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। यता यसबारे प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफू कर्मचारी भएकाले आफूलाई खटाइएको स्थानमा काम गर्ने प्रतिक्रिया दिए।

यसबारे मन्त्रालयका प्रवक्ता (सहसचिव) वसन्त अधिकारीले नगरपालिकामा नगरसभाका पदाधिकारीसँग प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको वा कुनै गल्ती काम गरेको भए मन्त्रालयमा लिखित निवेदन दिन सक्ने तर नगरप्रमुखले आफैँले तालाबन्दी गर्न नमिल्ने बताए।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.