www.tandavnews.com
Fact ~ In search of truth

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ।
सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको जानकारी दिए ।

बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन्। मङ्सिर ४ गतेका लागि हिजो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै पहिलो पटक गठबन्धनको बैठक बसेको हो ।

बैठकले मङ्सिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्नका लागि आवश्यक गृहकार्य गर्न कार्यदल गठन गर्ने तयारी गरेको बताइएको छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.