www.tandavnews.com
Fact ~ In search of truth

भोजपुरमा १६ जनामा कोरोना संक्रमण

भोजपुर ।
भोजपुरमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जनामा गरिएको एनटिजेन परिक्षामा १६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा हालसम्मको परिक्षणमा १६ जना कोरोना संक्रमित देखिएको हो ।

संक्रमित हुनेमा टेम्केमैयुङ गाउँपालिकाका १४ र रामप्रसादराई गाउँपालिकाका दुई जना रहेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले बताए। संक्रमितहरु हाल होम आइसलेसनमा रहेको सूचना अधिकारी बुढाथोकीले बताए।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको भोजपुरमा हालसम्म एक लाख ४ हजार ९६० जनाले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाई सकेका छन् भने एक लाख ११ हजार १३३ जनाले पहिलो खोप, ८८ हजार ४३ जनाले दोस्रो खोप लगाएका लगाएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले बताए।

Batas

संक्रमण देखिएसँगै स्थानीय तहहरूलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिएको प्रमुख तिवारीले बताए । संक्रम देखिएकाहरूलाई अहिले होम आइसोलेसनमा राखिएको समस्या परेमा तत्काल कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको प्रमुख तिवारीको भनाइ छ ।  सङ्क्रमणलाई लक्षित गरेर अहिले पनि खोप अभियान सञ्चालन भइरहेको उनले बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.