www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा।
पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।

सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन्। कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको संकलन केन्द्र मार्फत निःशुल्क ढुवानी गर्नेछ भने, उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ ।

ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख धनराज आचार्यले बताए।

Batas

उनका अनुसार कृषि एम्बुलेन्स मार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउ समेत वितरण गर्न सहज हुनेछ । कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहोरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकहरूलाई तरकारी बजार सम्म र्पुयाउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धता लगायत फाइदा हुने पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए।

तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिक जसो सञ्चालन गरिने यस सेवाले साना किसानहरूलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । एक पटकमा ३ टन भन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको उक्त एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजानेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.