www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचनमा पार्टी सङ्गठित ढंगले एकजुट भएर अगाडि बढ्नुपर्छ : महामन्त्री थापा

भक्तपुर ।
नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगनकुमार थापाले आसन्न निर्वाचनमा एकजुट भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाली काँग्रेसका पूर्व नेता तथा शिक्षा सेवी स्व. श्यामबहादुर कार्कीको पन्ध्रौँ स्मृति दिवसमा आज बालकोटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले सङ्गठित ढंगले अगाडि बढ्नु आवश्यक रहेको बताए।

कांग्रेस बहुमत उन्मुख र ठूलो दलका रुपमा रहन्छ भन्ने कुरा स्थानीय तहको निर्वाचनले देखाइसकेको उनको भनाई थियो ।

Batas

उनले निर्वाचनमा अरू दलहरूसँग गठबन्धन गरेर गए पनि पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

महामन्त्री थापाले स्व.कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले २०४६ र २०६२ /६३ को राजनीतिक परिवर्तन पछि पनि जनताको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको भन्दै दल र दलका नेतामा आमूल सुधार आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्वय जीतजंग बस्नेत र रमा पौडेल, पूर्व सांसद लेखनाथ न्यौपाने, बागमती प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छे, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, नेता रामप्रसाद दवाडी, सुरेन्द्र केसी, प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीले पुर्‍याएको योगदानको बारेमा चर्चा गरे।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.