www.tandavnews.com
Fact ~ In search of truth

चेक बाउन्सः बिरेठाँटीको निगालो घारीबाट पक्राउ परिन् दिक्षा, ‘यूके ठगी प्रकरण’मा पनि अनुसन्धान गर्दै प्रहरी

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बैङ्कीङ्ग कसूर मुद्धामा एक युवतीलाई पक्राउ गरेको छ । बागलुङ जिल्ला घर भई पोखरा महानगरपालिका-२ मिरुवा बस्दै आएकी २७ वर्षीया दिक्षा पुनलाई प्रहरीले आज पक्राउ गरेको हो ।

दिक्षाले पोखरा फाइनान्स लिमिटेडमा रहेको खातामा पर्याप्त रकम मौज्दात नभएको अवस्थामा कुलबहादुर बिकलाई यहि बैशाख २६ गते सटही गर्ने गरि ३ लाख रुपैयाँको चेक दिएकी दिइन् । चेक बाउन्स भएपछि दिक्षा विरुद्ध बैंकिङ कसूर मुद्धामा दर्ता गरि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

Batas

खोजतलासको क्रममा साउन २१ गते (शनिबार) दिउसो अन्नपूर्ण गाउँपालिका-८, बिरेठाँटीस्थित निगालो घारीमा लुकेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई उच्च अदालत पोखराबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

दिक्षा विरुद्ध यूके पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो पनि आइरहेको भन्दै कास्की प्रहरीले पीडितहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । ‘दिक्षा पुनले विभिन्न व्यक्तिहरुलाई यूके पठाइदिन्छु भनि रकम लिई ठगी गरेकोे भन्ने सामाजिक सञ्जालमा समाचार सम्प्रेषण भइरहेकोले सो तर्फ समेत अनुसन्धान भइरहेको हुँदा पीडित व्यक्तिहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्न जानकारी गराइएको छ ।’ कास्की प्रहरीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.