www.tandavnews.com
Fact ~ In search of truth

एटिएम हन्टर : बिरौटास्थित एनआईसी एशियाको मेसिन फोर्दाफोर्दै पक्राउ परे ‘कृष्ण बहादुर’

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका-१७ बिरौटास्थित एनआइसी एशिया बैंकको एटिएम फोर्दै गरेको अवस्थामा एक युवा पक्राउ परेका छन् ।

गत शुक्रबार राती एटिएम मेसिन फोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-३का २३ वर्षिय कृष्ण बहादुर पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी चोरी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

कृष्ण बहादुरको यसअघि पनि यस्तै घटनामा संलग्न भई कैद भुक्तानी गरिसकेको ब्यक्ति हुन् । यसअघि उनि माछापुच्छ्रे बैंकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत कास्कीले चोरी उद्योग मुद्धामा एक लाख धरौटी जम्मा गर्न आदेश दिएको थियो । धरौटी बुझाउन नसकेपछि पुर्पक्षकालागि थुनामा गएकोमा अदालतबाट फैसला भएको कैद भुक्तनी गरी छुटेको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.