www.tandavnews.com
Fact ~ In search of truth

दुर्घटना न्युनिकरण गर्न ‘राडार गन’

पोखरा
ताण्डव न्युज।
पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत मध्यपहाडी लोकमार्गको हेम्जा सडकमा पछिल्लो समय अत्याधिक दुर्घटना हुन थालेको छ । डोरी तन्काएजस्तो सिधा सडकमा परसम्मको अवस्था वरैबाट प्रस्ट देख्न सक्ने भएपछि सवारीको तीव्र गतिले दुर्घटना निम्त्याएको छ ।

दुर्घटनाको जोखिम बढ्दै गए पनि चालकहरूले त्यहाँ अनियन्त्रित गतिमा सवारी दौडाउने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि हेम्जाको सडकमा विशेष निगरानी बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाह ठकुरीका अनुसार भाइरल सडक भनेर चिनिने उक्त सडकमा ‘राडार गन’ सहितको ट्राफिक प्रहरीले छड्को जाँच सुरु गरेको छ ।

‘राडार गन’ ले टाढै रहेको सवारीको गति मापन गर्ने भएकाले ट्राफिक प्रहरीलाई देखेपछि मात्रै गति कम गर्ने प्रवृत्तिको अन्त्य हुने र दुर्घटनाको संख्या बढ्दै गएको हेम्जाको ‘भाइरल रोड’ यात्राका लागि सुरक्षित हुने ट्राफिक प्रहरीको विश्वास छ । प्रमुख ठकुरीका अनुसार साउन २० गतेदेखि छड्के जाँच सुरु भएको हो । ‘‘हप्तादिन, १० दिनमा छड्के जाँच हुनेछ,’’ उनले भने, ‘‘साउन २० मा ४० सवारी साधनहरु कारबाहीमा परेका थिए । उनीहरुलाई सम्झाएर, जरिवाना गरेर पठायौैं । नियन्त्रणमा लिइएकामध्ये अति तीव्र गतिमा रहेकाहरूलाई प्रति सवारी हजार रुपैयाँ जरिवाना गरिएको छ भने सामान्यभन्दा केही माथिको गतिमा रहेकाहरूलाई सम्झाएर छाडिएको छ ।’’

Batas

राडर गनले सवारीको गति नापेर हेर्दा प्रति घण्टा १ सय १५ किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको उनले सुनाए। ‘‘बस्ती भएको क्षेत्रमा ४० भन्दा बढी स्पिड हुनुहुँदैन् । ८० भन्दा बढी स्पिट गर्ने सवारीलाई कारबाही हुनेछ,’’ उनले भने ।

कार्यालय प्रमुख प्रकाश शाह ठकुरीका अनुसार उक्त सडकमा गत आर्थिक वर्षमा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो । यो आर्थिक वर्षको सुरुवात सँगै १ जना दुर्घटनामा मृत्यु भएको ठकुरीले जानकारी दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.