www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

काठमाडौँ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ ।

पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री देउवासँग भेट गरेको हो । सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

madi
machhapuchre

उक्त भेटमा प्रधानमन्त्री देउवा र नेता खनालबीच समसामयिक राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र र विदेश नीति, आगामी निर्वाचन र गठबन्धन लगायतको विषयमा समेत छलफल भएको बताइएको छ ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.