www.tandavnews.com
Fact ~ In search of truth

प्रशिक्षण चलाउँदै एमाले

काठमाडौँ।
नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन दिने प्रशिक्षण दिइने उल्लेख छ ।

पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो ।

Batas

विभागले आगामी पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने गरी बनाएको योजनालाई चाँडै अन्तिमरुप दिँदैछ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.