काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारको लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराइने भएको छ ।
प्रतिनिधिसभाको आज बस्ने बैठकको सम्भावीत कार्यसूचीमा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्दै छ ।
साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्। राष्ट्रपति कार्यालयको सो पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.