www.tandavnews.com
Fact ~ In search of truth

ट्रेड मलले चाडपर्वमा ल्यायो ‘नगदै नगदको वर्षा’ उपहार योजना

पोखरा
ताण्डव न्यूज।
पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर यस वर्ष ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएको छ । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही भदौ १ देखि कात्तिक ३० गतेसम्म लागु हुने गरी सो उपहार योजना ल्याएका हुन् ।

चाडपर्वका अवसरमा विगतदेखीनै विभिन्न उपहार योजना मार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताए ।

उनका अनुसार ट्रेड मलभित्र पाँच सय रुपैयाँ भन्दा माथिको सामान खरिदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्नेछन् ।

Batas

ग्राहकले पाक्षिक रुपमा नगद तथा सपिङ भौचरका साथमा गिफ्ट ह्याम्पर र बम्परमा एक लाख रुपैँया प्राप्त गर्ने ट्रेड मलले जनाएको छ । बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिने बताइन्छ ।

विशेगरी चाडपर्वको उत्सवका बेला ग्राहकसँग खुशी साट्नका लागि उपहार योजना ल्याइएको त्रिपाठीले बताए । उनले भने, “दशैँ तिहार उत्सव योजना ग्राहकसँग खुःशी साट्नका लागि ल्याइएको हो । ग्राहकलाई यस योजनाले फाइदा पुग्नेछ ।”
मलको कुनैपनि पसलबाट न्यूनतम पाँच सय रुपैयाँको सामान किन्दा एक वटा बम्पर उपहार कुपन साथै एक हजार ५०० भन्दा माथि सामान खरीद गर्दा तीन वटा कुपन प्राप्त गर्ने उत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष रघु दवाडीले जानकारी दिए ।

यसैगरी पाक्षिक उपहार योजनाका विजेताले एक हजारदेखी १० हजारसम्म नगद साथै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । ‘स्क्राच एण्ड विन’ अफरमा सहभागी हुनका लागि कुनै पनि पसलबाट पाँच हजार वा सो भन्दा माथिका सामान खरीद गर्नुपर्ने दवाडीले बताए ।

पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैँक तथा वित्तिय संस्था, रेष्टुरेन्ट, जिम हल लगायतका पसल सञ्चालन रहेको मलका व्यवस्थापक कमल खनालले बताए । पोखरा ट्रेड मल विसं २०७२ असोजदेखि सञ्चालनमा छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.