www.tandavnews.com
Fact ~ In search of truth

फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : प्रमुख शाह

काठमाडौँ ।
फोहोर ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने हाम्रो उद्देश्य होइन । फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्दर्भमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भने, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदशनशील छौँ ।’

गएको जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिकाविच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले, तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गरे।

प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका मागहरू पूरा हुनुपर्ने बताउँदै उनीहरूले सडकमा अवरोध गर्दै आएका छन् ।

Batas
madi
machhapuchre

आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानी तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीयहरू डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.