www.tandavnews.com
Fact ~ In search of truth

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ।
उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौँ– १० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैँकको चेक दिएका थिए ।

Batas

फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौँमा पेस गरिने ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.