www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा पहिलो पटक शल्यक्रियाबाट प्रसूतिको सेवा सुरु

पोखरा।
हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूतिको सेवा सुरु भएको छ । मुस्ताङ जिल्ला अस्पताल स्थापनाको ४८ बर्षपछि पहिलोपटक सफल शल्यक्रिया भएको हो ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन् ।

अस्पतालका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । संघीय सरकारको गत आर्थिक वर्षमा (सिओएमसी)साइट स्थापना कार्यक्रम अन्तर्गत विनियोजित २५ लाख बजेटमार्फत जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण उपलब्ध भएपछि पहिलो पटक जिल्लामा सेवा सुरु भएको हो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.