www.tandavnews.com
Fact ~ In search of truth

हर्क साम्पाङले सार्वजनिक गरे कार्य प्रगति विवरण

पाेखरा।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक सय दिनको कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । एक सय दिनमा “के गरिस तैले” भन्नेहरुका लागि जवाफ भन्दै उनले बिहिबार विवरण सार्वजनिक गरेका हुन ।

साम्पाङले सार्वजनिक गरेको विवरणमा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख छ।
१३ बुद्धामा सार्वजनिक भएको कार्य प्रगति विवरणमा खानेपानिको मुहान थपेको, ब्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँको, ५ लाख विरुवा रोपेँको, सरसफाईमा देखिने सुधार ल्याएँको लगाएत रहेका छन् ।

त्यस्तै उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार, जलविद्युतको सफल परिक्षण, बाटो मर्मत संभार, विपद ब्यवस्थापन,लागू औषध विरुद्धको अभियान, योजनाहरुका लागि बजेटको जोहो,पालिकाका सेवामा तीव्रता र शिक्षा,स्वास्थ्य संस्थाहरुमा सुधार गरेको उल्लेख गरेका छन् ।

Batas

यस्ता छन् मेयर राईले उल्लेख गरेका काम

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युत्को सफल परीक्षण गरी बगरमा बत्ती बालें !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
९. लागूऔषधविरुद्धको अभियान सुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्वजनिक गरें !
१२. पालिकाका सेवामा तीव्रता र प्रस्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.