www.tandavnews.com
Fact ~ In search of truth

नागरिकता विधेयक पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ।
प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेकाे सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

Batas

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाएकि थिइन् ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.